‘त्यत्तिकै सहर कब्जा गर्दिने महामहिम ?’

काठमाडौँ । अर्थशास्त्री एवं राजनीतिक विश्लेषक हरि रोकाले सहरमा सुकुम्बासी बस्न निषेध गर्नुको साटो गाउँमा बाँदर निषेध गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री बालेन साहले काठमाडौँका नदी किनारका सुकुम्बासी बस्ती हटाउन प्रहरीलाई निर्देशन दिएपछि रोकाले सामाजिक संजालमार्फत गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधा समाधान हुने बताएका हुन् ।

उनले भनेका छन्, ’सहरमा सुकुम्वासी बस्न निषेध गर्नु भन्दा गाउँमा बाँदर निषेध गर्ने कानुन ल्याउनु सरकार । सशस्त्र प्रहरी र आर्मी वा अरु को को हुन्छ लगाउनुस् र बाँदरलाई गाउँमा आउन निषेध गर्नुस् ।सुकुम्वासी समस्या आधाले निरुपण हुन्छ । बाँकी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र भूमिसुधारमा लगायत एकीकृत ग्रामिण विकासमा ध्यान दिनुहोस् । त्यत्तिकै सहर कब्जा गर्दिने महामहिम ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *