सुन तोलाको दुई लाख ९८ हजार ७०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी ११० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीे रु पाँच हजार १३० मा कारोबार भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *