एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बर्नलीलाई १-० गोलले हराउँदै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
टर्फ मोरमा भएको खेलमा सिटीलाई जित दिलाउन इर्लिंङ ब्राउट हालान्डले निर्णायक गोल गरे । खेलको पाँचौ मिनेटमा हालान्डले गरेको गोलनै टोलीलाई जित दिलाउन पर्याप्त बन्यो ।
जितसँगै सिटी ३३ खेलबाट ७० अंक जोड्दै शीर्ष स्थानमा रहँदा एक खेल बढि खेलेको बर्नली २० अंकको साथ १९ औँ स्थानमा रहेको छ ।
