बार्सिलोना । स्पेनिस लिग ला लिगामा बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा सेल्टा भिगोलाई १-० गोलले हराउँदै बार्सिलोनाले दोस्रो स्थानमा रहेको बरसिलोनासँग अंकदुरी ९ अंकमा झारेको हो ।
स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामालले निर्णायक गोल गरे । खेलको ४० औँ मिनेटमा यामालले पेनाल्टीमा गरेको गोलनै बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो । लगत्तै उनी ह्यामस्ट्रिङमा चोट बोक्दै मैदान बाहिरिएका थिए ।
जितसँगै बार्सिलोना ३२ खेलबाट ८२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४४ अंक जोडेको सेल्टा भिगो सातौँ स्थानमा यथावत रहेको छ ।
