एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । मंगलबार राति भएको खेलमा डिपोर्टिभो आल्भेसलाई २-१ गोलले हराउँदै म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंकदुरी ६ अंकमा झारेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पे र भिनिसियस जुनियरले समान एक/एक गोल गरे । आल्भेसको लागि टोनी मार्टिनेजले एक गोल गरे । खेलको ३० औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।
५० औँ मिनेटमा भिनिसियसले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । यस्तै दोस्रो हाफको इन्जुरी समयमा आल्भेसको लागि मार्टिनेजले गरेको गोल सान्तवनामा सिमित रह्यो ।
जितसँगै बार्सिलोना ३२ खेलबाट ७३ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल खेल्दै शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७९ अंक रहेको छ । पराजित आल्भेस ३२ खेलबाट ३३ अंक जोड्दै १७ औँ स्थानमा यथावत रहेको छ ।
