एप्पलमा नेतृत्व परिवर्तन, जोन टर्नस सिइओ नियुक्त

बीबीसी । प्रविधि क्षेत्रको अग्रणी कम्पनी एप्पलले प्रमुख कार्यकारी अधिकृत टिक कुकको स्थानमा जोन टर्नसलाई नयाँ सिइओ नियुक्त गरेको छ । कुक १५ वर्षे कार्यकालपछि पदबाट अलग हुँदै कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् ।

हाल हार्डवेयर इन्जिनियरिङ प्रमुख रहेका टर्नसले सेप्टेम्बर १ देखि कार्यभार सम्हाल्नेछन । उनी २५ वर्षदेखि एप्पलमा कार्यरत छन् । सन् २०११ मा सह–संस्थापक स्टीव जब्सले स्वास्थ्य कारणले पद त्यागेपछि कुक सिइओ बनेका थिए।

उनको नेतृत्वमा एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बनेको छ। सन् २०१८ मा एप्पल एक ट्रिलियन डलर मूल्य पुग्ने पहिलो सार्वजनिक कम्पनी बनेको थियो, जसको हालको मूल्य करिब ४ ट्रिलियन डलर पुगेको छ ।

कुकले आफ्नो निर्णयअघि केही महिनादेखि कम्पनीले उत्तराधिकारी खोजिरहेको भन्ने अड्कलबाजी चलिरहेको थियो।

उनले आफ्नो कार्यकाललाई ‘जीवनकै सबैभन्दा ठूलो सौभाग्य’ भन्दै वर्णन गरेका छन्।
कुकले टर्नसलाई ‘दूरदर्शी’ नेतृत्वकर्ता भन्दै प्रशंसा गरेका छन्। ‘उनी इन्जिनियरको सोच, नवप्रवर्तनको आत्मा र इमानदारीसहित नेतृत्व गर्ने क्षमता भएका व्यक्ति हुन्,’ कुकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *