विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा

दोहा ।  कतारले विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने घोषणा गरेको छ। मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट उडानहरू आफ्नो मुख्य विमानस्थलमा अवतरण गर्न अनुमति दिन लागिएको कतारको उड्डयन प्राधिकरणले जानकारी गराएको छ। कतार नागरिक उड्डयन प्राधिकरणले सोमबार हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारमा विदेशी एयरलाइन्सको उडान क्रमिक रुपमा सुरु गर्ने घोषणा गरेको छ।

गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि वासिङ्टन र तेहरानले दुई साताका लागि युद्धविराम घोषणा गरेका थिए।

खाडी मुलुकहरू विरुद्ध इरानको प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र अभियानका बीच कतारले आफ्नो हवाई क्षेत्र बन्द गर्यो र मार्च ७ मा केवल राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडानका लागि मार्ग प्रशस्त गदैृसीमित यातायातका लागि आंशिक रूपमा उडान खुला गरेको थियो।

कतारी उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सका लागि उडान पुनः खोल्ने निर्णय ‘स्थितिको विस्तृत मूल्याङ्कनपछि गरेको’ र ‘सबैको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *