रास्वपाको महामन्त्रीमा भूपदेव शाह चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यसअघि शाह पार्टीमा केन्द्रीय सदस्य थिए ।

बालेन काठमाडौं महानगरपालिकाको मेयर छाडेर रास्वपा प्रवेश गर्दा शाह उनीसँगै रास्वपा प्रवेश गरेका थिए । शाहले बालेन मेयर हुँदा प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *