काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्टेभालबीच भेटवार्ता भएको । सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल–फ्रान्स सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
साथै पर्यटन, लगानी, जलवायु परिवर्तन तथा हिमाली पारिस्थितिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।
त्यसैगरी मन्त्री खनालले सोमबार नै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य तथा कृषि संस्था (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुसँग पनि भेटवार्ता गरेका छन्। भेटका अवसरमा नेपाल र एफएओबीचको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
