पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने बताएका हुन् ।

उनले भने,‘पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्छ । यदि त्यो सकेनौं भने भोलि म मा पनि तानाशाही प्रवृत्ति आउन सक्छ । यो एउटा सिकाइ हुँदै जान्छ । त्यसैले अहिले राप्रपाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्छ ।’

त्यस्तै उनले अहिले भ्रष्टाचारका फाइलहरु धेरै आउँदै गर्दा राप्रपाको नेतृत्वकर्ताहरुमाथि भने प्रश्न पनि नउठेको दाबी गरे ।

उनले भने,‘अहिले भ्रष्टाचारका काण्डका फाइलका फाइल आएका छन् । तर राप्रपाको नेतृत्वको माथि अहिलेसम्म एउटा प्रश्न उठेको छैन । किनभने हामी इमान्दारिताकासाथ अगाडि बढ्छौं । त्यसमा कोही कसैले पनि आपत्ति नमाने हुन्छ ।’

त्यस्तै उनले जनताको विमति पार्टीसँग भन्दापनि उम्मेदवारसँग भएको भन्दै एमालेका युवाहरुले निर्वाचन जितेर आएको उदाहरण दिए । सांसद शाहीले अहिले सबैभन्दा बढी राजनीतिक एजेण्डा राप्रपासँग मात्र भएको दाबी गरे ।

उनले पार्टीले सरकारले चालेको सकारात्मक कदममाथि साथ दिने र जनताकोहित विपरीत काम भए खबरदारी गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *