काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर समाधान नआउने बताएका छन् ।
कांग्रेसको विवादकाबारेमा सर्वोच्च अदालतको फैसलापछि सामाजिक संजालमार्फत बास्कोटाले राजनीतिक एकता कानुनले नभई, नियतमा निर्भर रहने बताएका हुन् ।
उनले भनेका छन्, ‘अन्य झगडामा न्यायका लागि अदालत जानु स्वभाविक नै हो । राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन । नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले निर्णय दिए पनि फेरि मिलेनन् झर्याम्म झुरुम शिशा झैँ चकनाचुर भए । राजनीतिक एकता कानुनले होइन, नियतमा निर्भर छ । कांग्रेस के होला ? रबर वा शिशा ?’
