संसदीय समितिका सभापतिहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष शपथ ग्रहण गरेका हुन् ।

कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा डा. कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी निर्विरोध भएका थिए ।

त्यस्तै, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध भएका थिए । त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ओजस्वी शेरचन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा रास्वपाका तर्फबाट गणेश कार्की निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *