प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । आर्मीका इमरान शेखले नटआउट ४६, बसिर अहमदले ४५ रन बनाए ।

सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३९ ओभर ४ बलमा १६१ रन बनाउँदा सबै विकेट गुमायो । आर्मीको यो तेस्रो उपाधि हो । सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुगेको हो । १० वटा टोली सहभागी प्रतियोगितामा आर्मी र सुदूरपश्चिम शीर्ष २ मा रहेर फाइनलमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *