साफ महिला फूटसलमा नेपालको एतिहासिक जित

काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले एतिहासिक जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा माल्दिभ्सलाई ५-० गोलले हराउँदै नेपालले महिला फूटसलको इतिहासमा पहिलो जित हासिल गरेको हो ।

थाइल्याण्डको बैंककस्थित भएको खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानाले दुई गोल गर्दा बिमला चौधरी र मनिषा थापा मगरले समान एक/एक गोल गरे । नेपालले एक गोल उपहार पाएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।

अब नेपालले तेस्रो खेलमा शनिबार भारतको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *