काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा पराजित भएको छ । बुधबार दिउँसो भएको पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ८ पराजित भएको हो ।
जितको लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको अमेरिकाले १६.२ ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाउँदै जित निकालेको हो ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।
नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । उनले २९ बलमा ९ चौकाको मद्दतमा ५४ रन बनाइन् । त्यस्तै कप्तान इन्दु वर्माले अविजित ३४ र कविता जोशीले नटआउट २० रन जोडिन् ।
नेपालले दोस्रो अभ्यास खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ ।
