टी-२० विश्वकपको लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी टी-२० विश्कप -२०२६ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार विश्वकपको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ल पहिलोपटक टोलीमा समावेश भएका छन् ।

विश्वकप माघ २४ गतेबाट भारत र श्रीलंकामा आयोजना हुँदैछ । विश्वकपमा नेपालसहित २० राष्ट्रले सहभागिता जनाउँदैछन् ।

टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा रहेको छ । समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।

नेपालले माघ २५  मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ । दोस्रो खेल माघ २९ गते इटाली, तेस्रो खेल फाल्गुन ३ गते वेस्ट इन्डिज र चौथो तथा अन्तिम खेल फाल्गुन ५ गते बंगालादेशसँग खेल्नेछ । नेपालको सबै खेल मुम्बईको वाङखाडे रंगशालामा हुनेछन्।

नेपाली टोली:- रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह एरी(उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन कुमार झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम

Leave a Reply

Your email address will not be published. Required fields are marked *