काठमाडौं । आईसीसी महिला टी-२० क्रिकेट विश्वकपको ग्लोबल छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा भएको छ । आइतबार नेपाल क्रिकेट संघ(क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालसँगै थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वे समूह ‘बी’ मा छन् । यस्तै बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका समूह ‘ए’ मा रहेका छन् ।
समूह चरणबाट शीर्ष ३-३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टोली यसै वर्ष इंग्ल्याण्ड र वेल्समा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।
छनोटको खेलहरु टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान हुने तालिका रहेको छ । नेपालले माघ ४ गते थाइल्याण्डसँग खेल्दै छनोटको शुरूवात गर्नेछ ।
नेपाली टोली :- इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी, मनिषा उपाध्याय

