नाटक ‘भट्टी टेल्स’ यही पुस १६ देखि मञ्चन हुने

काठमाडौं । जेम्स ढकालको लेखन र निर्देशनमा ‘भट्टी टेल्स’ नामक नाटक यही पुस १६ गतेदेखि सुकेधारास्थित अस्कर इन्टरनेश्नल कलेजको साधना घरमा मञ्चन हुने भएको छ ।

हाल नाटकको प्रशिक्षण चलिरहेको निर्देशक ढकालले बताए । उनका अनुसार भट्टीलाई केन्द्रमा राखेर त्यहाँ हुने अनेकन कथा र परिदृश्यलाई नाटकमा कथाका रुपमा प्रस्तुत गर्न लागिएको छ ।

निर्देशक ढकालले विभिन्न आचरणका १३ जना पात्रहरु नाटकमा समेटेको बताए । “भट्टीलाई हाम्रो समाजले नकरात्मक दृष्टिले हेर्छ, तर, यहाँ आउने केहि पात्रहरुका आफ्नै रोचक जीवनगाथा छन्”, उनले भने, “नाटक रमाइलो सँगै सन्देशमुलक बनाउन खोजेकोछु ।”

नाटकमा कलाकारहरु सुदाम सिके, रुपेश लामा, बेदना राई, प्रकृति कार्की, ऋषिकेश बस्याल, तुफान थापा, माइकल महत, शुभम् गणेश, सुब्रत राज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, थार्चेन लामा, सुदीप एटीले अभियन गर्नेछन् ।

ढकाल अस्कर कलेजका १४औं ब्याचका विद्यार्थी हुन । उनले प्ले द सिस्टम, गिल्टी अर नट गिल्टीलगायत नाटकमा अभिनयसमेत गरेका छन् । नाटक तयार पार्न कथा घेराको पनि सहयोग गरेको निर्देशक ढकालले सुनाए । यही पुस १६ गतेदेखि सुरु हुने नाटक मङ्गलबार बाहेक आगामी माघ ३ गतेसम्म मञ्चन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *