काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द रचना तथा संगीत रहेको गीतमा गायन रबी ओडको स्वर रहेको छ ।
गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित विष्ट लगायतलाई देख्न सकिन्छ।
भिडिओमा परदेशिएको छोराको विलौला र आमाको मायालाई देखाइएको छ । फिल्ममा चन्द्र पन्तको कथा र पटकथा छ । यो फिल्म आगामी माघ १६ गतेबाट रिलिज हुँदैछ ।
