रोसिङटनको सतकमा पोखराद्वारा कर्णालीलाई विशाल विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । ओपनर एडम रोसिङटनको सतकमा पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पोखराले कर्णालीलाई जितको लागि २ सय २ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १ रन बनाएको हो । पोखराको लागि ओपनर एडम रोसिङटनले टी-२० मा पहिलो सतक पूरा गरेका हुन् । उनी ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतमा १ सय ८ रन बनाउँदै नटआउट रहे । यस्तै डेब्यु खेल खेलेका जेसन रोएले ४६, धनन्जय लक्षणले नटआउट २३ र कप्तान कुशल भुर्तेलले १८ रन बनाए ।

कर्णालीको लागि नन्दन यादव र मार्क वाटले समान एक/एक विकेट लिए । अब कर्णालीले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *