काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा पहिलो जित निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावनालाई जीवित राखेको हो ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । जनकपुरलाई जित दिलाउन माज सदाकत र अनिल कुमार साहले अर्धसतक बनाए । सादाकतले ३० ओबह्रमा ६ चौका र ४ छक्काको मद्दतमा ६३ रन बनाउँदा अनिलले ६१ रन बनाए । उनले ३६ बलमा ४ चौका र ३ छक्का हिर्काए । यस्तै आसिफ शेख र आदित्य महताले समान १८/१८ रन बनाउँदा जान निकोल लोफ्टी-इटनले ११ र सन्जय कृष्णमुर्थीले ५ विकेट लिए ।
चितवनको लागि सिहिल तन्भिर, कमल सिंह एरी र अमर रौटेलाले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ४ विकेट गुमाए १७६ रन बनाएको थियो । चितवनका लागि ओपनर डेबिड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। उनिलाई माज सदाकतले १८.२ ओभरमा एलभि डब्लु धरापमा पारे । अर्का ओपनर अर्जुन साउदले ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बनार क्याच आउट भए। अर्जुन र डेबिडले पहिलो विकेटका लागि ११२ रनको शतकिय साझेदारी गरे।
अर्जुज १३.४ ओभरमा आउट भए । यस्तै, रभी बोपरा तीन, सेप जैब ७ तथा कप्तान कुशल मल्ल ३० रनमा अविजित रहे। उनले दुई चौका र दुई छक्का प्रहार गरे ।
यता, जनकपुरको लागि अनिल शाह, रुपेश सिंह, माज सदाकतले र जान निकोलले समान एक विकेट हात पारे ।
जितसँगै जनकपुर ५ खेलबाट २ नक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको चितवन चौथो स्थानमा यथावत रहेको छ ।
