यु-१९ प्रिमियर कप फाइनल: युएईद्वारा नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी पुरुष यु-१९ प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा घरेलु टोली युएईले नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । अजमानस्थित कार्वान मैदानमा जारी फाइनल खेलमा युएईले नेपाललाई जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ४५.५ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको हो । युएईको लागि अहमद खुदाददले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । खुदाददले १ सय २६ बल खेल्दै ६ चौकाको मद्दतमा ७१ रन बनाएका हुन् । यस्तै नोरुल्लाह अयोबीले २६ र आयान निस्बाहले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

युएईलाई सस्तैमा रोक्न नेपालको लागि दयानन्द मण्डलले ६.५ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा अप्रजित पौडेलले दुई तथा नितेश कुमार पटेल र अशोक धामीले एक/एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *