आकाश मार्ग बन्द गर्ने ट्रम्पको चेतावनी ‘औपनिवेशिक धम्की’ भएको भेनेजुएलाको भनाई

बीबीसी । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश वरिपरिको आकाशपथ बन्द गर्ने टिप्पणीलाई “औपनिवेशिक धम्की” भन्दै कडा आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा ट्रम्पको अभिव्यक्तिलाई ‘भेनेजुएला जनतामाथि गरिएको अर्को भड्किलो, गैरकानुनी र अवैध आक्रमण’ भनेर वर्णन गरिएको छ।

अमेरिकासँग कानुनी रूपमा विदेशी आकाश मार्ग बन्द गराउने अधिकार नभए पनि ट्रम्पको चेतावनीले यात्रुहरूमा अनिश्चितता बढाउनसक्ने र एयरलाइन्सलाई उडान सञ्चालनबाट निरुत्साहित गर्न सक्ने विशेषज्ञहरूको आँकलन छ ।

अमेरिका क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको छ, जसलाई वाशिङ्टनले लागुऔषध नियन्त्रण अभियानको हिस्सा बताएको छ। भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले भने अमेरिकी आरोपलाई आफूलाई हटाउने राजनीतिक कोसिसको बहाना मात्र भएको प्रतिक्रिया दिएका छन्।

ट्रम्पले ट्रुथ–सोसलमा पोस्ट गर्दै ‘सबै एयरलाइन्स, पाइलट, ड्रग डिलर र मानव तस्करहरूले भेनेजुएलाको माथि र आसपासको आकाश मार्ग पूर्ण रूपमा बन्द छ भन्ने कुरा विचार गर्नुपर्ने’ बताएका थिए ।

यसैबीच, भेनेजुएलाले आरोप लगाउँदै अमेरिकाले हरेक हप्ता सञ्चालन हुने आप्रवासी पुनःस्थापन उडानहरू ‘एकतर्फी रूपमा निलम्बन’ गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *