नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । विभिन्न तीन प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार राति नेपाल आइपुगेको हो ।

नेपाली क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले विमानस्थलमा स्वागत गरेका हुन् ।

भ्रमणमा नेपाली टोलीले युएई र ओमानमा विभिन्न प्रतियोगिता खेलेको थियो । नेपालले युएईमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको सिरिजमा २-१ को एतिहासिक जित निकालेको थियो । त्यसपछि ओमानमा आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया छनोट खेलेको नेपालले अपराजित हुँदै उपाधि जितेर विश्वकपमा छनोट भएको थियो ।

त्यसपछि युएई फर्केको नेपालले त्यहाँ आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत भएको घरेलु टोली युएई, अमेरिका र नेपाल सम्मीलित त्रिकोणात्मक सिरिज खेलेको थियो । सिरिजको सबै चार खेलमा पराजित भएको नेपालको लागि उक्त सिरिज भने बिर्सिनलायक रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *