राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई ताकिएको छ ।

पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो । विसं २०५९ मा सेवा प्रवेश  गरेका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहनुभएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *