काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत कतारविरुद्ध केहिबेरमा शुरू हुने खेलमा नेपालले टस हारेको छ । अल अमेरात क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । आइतबार युएईविरुद्धको खेल खेलेका ललित राजवंशीको स्थानमा मोहम्मद आदील अलामले मौका पाएका छन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह एरी, गुलसन झा, मोहम्मद आदील अलाम, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने
