तत्काल न्यायिक आयोग गठन गरियोस्

-डा. युवराज संग्रौला

लोकतन्त्रमा विरोध गर्न पाइन्छ । विद्यार्थीहरुले असन्तोष व्यक्त गर्न यो विरोध कार्यक्रम गरेका थिए। तर सरकारका पदाधिकारीले सधैं बलले समाधान खोज्ने बानी छोडेनन् र यति धेरै नागरिकहरुको हत्या भयो ।

१. अतः तत्काल न्यायिक आयोग गठन गर, र यो घटनामा अधिकारको दुरुपयोग गर्ने र विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरि आन्दोलनलाई अराजक बनाउने केही निहित उद्देश्य बोकेका मान्छेकाविरुद्ध जाँचबुझ गर । र दोषीका विरुद्ध फौजदारी अपराधमा कारबाही चलाउ।

२. राष्ट्रमा भ्रस्टाचार अति भयो । देशको सम्पत्ति सीमित ब्यक्तिका हातमा छ । उत्पादन बिसर्जन भएको छ । राज्यमा दृश्य अदृश्य शक्तिको घुसपैठ जताततै छ। यसकाविरुद्धमा जनताले उठनै पर्छ।

३. तर हाम्रो आन्दोलन हाम्रै हुनुपर्छ । अरुका कुरा नसुनौं र कसैबाट प्रयोग हुनबाट जोगिऔं । अरुको सेवागर्नेहरु थुप्रै छन्, देशमा ।

जे घटना घटेको छ, नेपाल बार एसोसियन र मानव अधिकार आयोगले तत्काल अनुसन्धान सुरु गरोस् । संसदले तत्काल भ्रष्टाचारको अनुसन्धान गर्ने अधिकार सम्पन्न ‘न्यायिक आयोग गठन गरोस् र आजसम्म राजनीति पदमा नियुक्त भएका सबैको सम्पत्ति र त्यसको श्रोतको खोजी गरोस् ।’ विद्यार्थीहरुले राष्ट्रको सम्पत्ति तोडफोड होइन, सत्याग्रहको आन्दोलन रोज्नु राम्रो हुन्छ । क्रान्ति बाँचेर देश बनाउनका लागि गरिन्छ मर्नका लागि होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *