दीपेन्द्र सिंह एरी एसए टी-२० लिगको अक्सनमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पहिलोपटक दक्षिण अफ्रिकाको चर्चित फ्रेन्चाइज टी–२० प्रतियोगिता ‘एसए टी–२० लिग’ को अक्सनमा समावेश भएका छन् ।

सेप्टेम्बर ९ तारिखमा हुने अक्सनका लागि दीपेन्द्रसहित ५ सय ४१ खेलाडीको नाम अक्सनमा समावेश गरिएको हो ।

दिपेन्द्र आईसीसीको टी-२० अलराउन्डर वरियताको दोस्रो स्थानमा रहेका छन् । उनीभन्दा अगाडि भारतका हार्दिक पान्ड्य मात्र छन् । सन् २०२३ को एसियन गेम्समा मंगोलियाविरुद्ध भएको खेलमा लगातार ६ छक्कासहित ९ बलमै अर्धशतक प्रहार उनले विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *