काठमाडौं । भुटानमा जारी साफ यु-१७ महिला च्याम्पियनसिप अन्तर्गत हुने आफ्नो चौथो खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे शुरू हुनेछ ।
नेपाली टोलीलाई आजको खेलमा जितको विकल्प छैन । यसअघिको तीन खेल मध्ये दुई खेलमा पराजित भएको नेपाललाई फाइनलको यात्रा तय गर्न अबको बाँकी तीन खेल जित्नै पर्ने दबाब रेहेको छ । नेपाल यसअघिको पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई २-१ गोलले हराएको थियो ।
यस्तै तेस्रो खेलमा बंगलादेशसँग ३-० गोलले पराजित भएको नेपाल आज जित निकाक्दै बदला लिन चाहन्छ ।
डबल राउण्ड रोबिन आधारमा हुने प्रतियोगितामा हाल ३ खेलबाट ९ अंक जोड्दै भारत शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६ अंक जोडेको बंगलादेश दोस्रो र ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ ।
