नेपाल ‘ए’ले भारतमा खेल्ने टी-२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल ‘ए’ ले आसाम प्रदेशको टोलीसँग खेल्ने टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले अगस्ट २८ देखि सेप्टेम्बर १ सम्म गुहावटीमा पाँच टी-२० खेल खेल्नेछ ।

नेपालले २८ अगस्ट र २९ अगस्टमा दिनमा खेल्नेछ भने ३० अगस्ट, ३१ अगस्ट र १ सेप्टेम्बरमा दिन/रातमा खेल्नेछ । क्यानले अनिल कुमार शाहको कप्तानीमा नेपाली टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोली:- अनिलकुमार साह (कप्तान/विकेटकिपर), शुभ कंसकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेकुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर (विकेटकिपर), तृतराज दास, शेर मल्ल, युवराज खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *