काठमाडौं। अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र पाकिस्तान शाहिन्स भिड्दैछन्। डार्विनमाहुने खेल दिउँसो ३:१५ बजे शुरू हुनेछ ।
नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ । यसअघिको पाँच खेलमा दुई जित र तीन हारको नतिजा निकालेको नेपाल ४ अंकको साथ तालिकाको सातौँ स्थानमा रहेको छ ।सेमीफाइनल प्रवेशको लागिपनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाबमारहेको छ । सेमिफाइनलप्रवेशको लागि नेपालले आजकोखेल जितेपनि अन्य टोलीको नतिजा पर्खिनुपर्नेछ।
नेपालपहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । यस्तै चौथो खेलमाहोबर्ट हुरिकेन्सलाई ६६ र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले सिरिजममा पुनरागम गरेको थियो ।
यता पाकिस्तान शाहिन्स ५खेलमातीन जित र दुई हारको नतिजा निकाल्दै ६ अंकको साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
नेपालले आईसीसी टी-२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप यस सिरिज खेलेको हो ।
