पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा शर्मा नियुक्त

गण्डकी । पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा प्रा डा ज्ञानेश्वर शर्मा नियुक्त भएका छन्।

विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका प्राडा शर्मालाई व्यवस्थापन सङ्कायको डिन पदमा चार वर्षका लागि नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए।

नवनियुक्त डिन शर्मालाई आज उपकुलपति कार्यालयमा आयोजित विशेष समारोहकाबीच उपकुलपति प्राडा वेदराज केसीले पद तथा गोपनीयताको शपथ गराए। शपथ ग्रहणपछि शर्माले पदबहाली गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *