काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी सेमिफाइनल खेलमा नेपालले ओमानलाई झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ । क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा जारी खेलमा नेपालले ओमानलाई जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको हो । नेपालको लागि दीपेन्द्र सिंह एरीले अर्धसतक बनाए । उनले ७६ बल खेल्दै ४ चौका प्रहार गरे । यस्ती बासिर अहमदले ४७, देव खनालले १३ र आसिफ शेखले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
ओमानको लागि जय विराम ओडेडारा र हसैन शाहले तीन/तीन विकेट लिँदा उहम्म्द उम्रानले दुई तथा शकिल अहमद र मुजिबुर अलीले समान एक/एक विकेट लिए । अब ओमानले जवाफी ब्याटिङ गर्नेछ ।
