अत्याधुनिक प्रविधि प्रयोग गर्न सकेको भए सुरुङभित्र फसेका धेरैको ज्यान जोगिन्थ्योः प्रचण्ड

जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका संयोजक दाहालले बिहीबार बिहान जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषय वातावरणीय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपालले यसलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताए ।

“यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाए”, संयोजक दाहालले भने, “यतिबेला यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ ।”

जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिँदै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै संयोजक दाहालले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई त्यसको प्रभाव क्रमशः मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा परिरहेको उल्लेख गरे ।

भोटेकोसी नदीमा बाढी आएको तत्कालीन समयमा सरकारले अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित क्षेत्रका विज्ञ र उद्धार टोलीको सहयोग लिएर सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको बताए ।

सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गर्दै तत्काल खोजी तथा उद्धार गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने अवस्था भएपनि सरकारले त्यो गर्न नसकेको उनले गुनासो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *