काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । पाम्लेर्स्टनमा जारी खेलमा नेपालले रेनेगेड्सलाई जितको लागि १ सय ४० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ मात्र बनाउन सक्यो ।
नेपालको लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाउँदा दीपेन्द्र सिंह एरीले २७, भीम शार्कीले १७, रिपेश सिंहले १६ र आरिस शेखले १२ रन बनाए । अन्त्यमा लोकेश मल्लले १६ बलमा २ छक्का र एक चौकाको मद्दतमा २४ रन बनाउँदै नेपाललाई सम्मानजनक योगफलमा पुर्याएका हुन् ।
रेनेगेड्सको लागि फेर्गुस निल, कालुम स्टो, लाच्लन बान्ग्स र माइकल आर्चरले समान दुई/दुई विकेट लिए । अब रेनेगेड्सले जवाफी ब्याटिङ गर्नेछ ।
