काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले होबर्ट हुरिकेन्स एकेडेमीलाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । काजाल्यस एरिनामा जारी खेलमा नेपालले हुरिकेन्सलाई जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । नेपालको लागि आरिफ शेखले २६ बलमा ३ चौकाको मद्दतमा सर्वाधिक ३३ रन बनाए । यस्तै आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले २५, र भीम शार्कीले १८ रन बनाए ।
हुरिकेन्सको लागि निभेथन राधाकृष्ण र राफ म्याक्मिलनले दुई/दुई विकेट लिँदा मार्कुस बिन, गेब बेल र बार्डी होपले समान एक/एक विकेट लिए । अब हुरिकेन्सले जवाफी ब्याटिङ गर्नेछ ।
