काठमाडौं । टप इन्ड टी-२० सिरिज अन्तर्गत केहिबेरमा मेलबर्न स्टार्स एकेडेमीविरुद्ध हुने खेलमा नेपालले टस हारेको छ । डार्विनमा हुने खेलमा मेलबर्नका कप्तान साम हार्परले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका हुन् ।
नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको नेपाललाई आजको जितको विकल्प छैन ।
