सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बीमा

गोरखा। गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा गरेको छ।

नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए।

‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामूहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उनले भने, ‘यसबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुनेछन्।”

विद्यार्थीलाई बिमाको दायरामा ल्याउन नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबिच सम्झौता भएको नगरप्रमुख चिन्तनले बताए।

नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि बिमा कार्यक्रम लागू गरिएको स्पष्ट पारेको छ।

यसबाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन मद्दत पुग्ने नगरप्रमुख चिन्तनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *