काठमाडौं । एन्फा महिला लिग छनोट अन्तर्गत भएको आजको खेलमा बुटवल लुम्बिनी एफसी र आरएस रिसोर्ट एण्ड बीच फूटबल क्लब विजयी भएका छन् । शुक्रबार बेलुकी सम्पन्न खेलमा बुटवल लुम्बिनीले लम्की फूटबल एण्ड ट्रेनिङ सेन्टरलाई १-० गोलले हराउँदै छनोटमा विजयी शुरुवात गरेको हो ।
यस्तै आजै भएको पहिलो खेलमा आरएस रिसोर्ट एण्ड बीच फूटबल क्लबले राप्ती एफसीलाई १-० गोलले हराएको हो । जितसँगै बुटवल लुम्बिनी र आरएस रिसोर्टले तीन/तीन अंक जोडेका छन् ।
भोली शनिबार छनोटका कुनैपनि खेलहरु हुनेछैनन् ।
