‘रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांस गणेश कार्कीले नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लक्षि गर्दै सांसद कार्कीले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नियम मान्छेका लागि हो । एउटा मान्छेले नियम मान्दा अरूको अधिकार कटौती हुने भएकाले त्यसलाई कसुर मानेर सजाय तोकिएको हो । नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढि मिहिनेत गर्नुपर्छ । मान्छे र नियम मध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मुर्खता हो । र पनि जवाफ दिनुपर्छ भने म मान्छे रोज्छु । तपाईँ के रोज्नु हुन्छ ?’

उनले सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘प्रिय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल । र, समय पाउनु भयो भने दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो हाम्रो भन्ने बुझ्नु होला । आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ । दुवै कम गर्न सकिन्छ । त्योबारेमा कुरा गरौँ, जानकारी बाँडौँ ल ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *