साफ यु-१७ च्याम्पियन्सिपको लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिपको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । प्रतियोगिताको लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ ।

छनोट भएका खेलाडीअह्रुलाई मोरङ विराटचोकस्थित नेपालिरिका होटेलमा भाद्र १ गते उपस्थित हुन एन्फाले आग्रह गरेको छ ।

श्रीलंकाको कोलम्बोमा १५ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा आयोजक श्रीलंका र बंगलादेश रहेका छन् । यस्तै समूह ‘बी’मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् ।

नेपालले १५ सेप्टेम्बरमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने १८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु

अभिषेक राई, आदित्य राना मगर, अजय दोर्जी, अन्जन झा,अनमोल कार्की, अनोज खड्का,भविष्य शाह, भुपेश लामा, भुवन कामी, विनायक थारु, विशेष बानियाँ, चन्द्र हांग, डीग विजय शाही, धिरज रावल, दिपेन कार्की, दिप्सन परियार, गोविन्द विष्ट, कृष भण्डारी, कृष्ण गुरुङ, लक्ष्म थामी, मनिष राखल, मौसम रोकाय, नसिब हेन्जन, निश कुमार श्रेष्ठ, निश्चल मागर, पेम्बा नोर्बु भोटे, पेम्बा तामाङ, प्रशान्त लिम्बू, प्रशान्त मोक्तान, प्रतिष थापा, राम बोहोरा, राम थामी, रुपेश भुजेल, समर्पण सुनार, समिर घलान, समिर कुमार, सन्जोग हेम्रन, सरोज बराइली, सृजन श्रेष्ठ, सुशान मगर,शुशान्त राना,सुजल स्यान्गतन,सुनिल मगर, योहन लिम्बू, युनिष बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *