एन्फा निलम्बन फुकुवाका लागि पहल गर्ने खेलकुदमन्त्री पोखरेलको भनाइ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन् ।

फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै उनले निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको जानकारी दिए ।

त्यस्तै, नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्याण्डमा उपचाररत आशिष राईलाई राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत बजेटको सीमाभित्र रहेर उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *