काठमाडौं । विश्व एक्वेटिक्स च्याम्पियनसिपमा सहभागीहुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले विश्व एक्वेटिक्स च्याम्पियनसिपमा सहभागी हुन सिंगापुर जाने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।
कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।
जुलाइ ११ तारिखदेखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडी र विधा
इर्भिन श्रेष्ठ १ सय र २ सय मिटर फ्रिस्टायल ।
अजलकाजी ताम्राकार ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइ ।
डुवाना लामा २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक ।
आर्या महर्जन ५० र १ सय मिटर फ्रिस्टायल ।
व्यवस्थापक विकास शर्मा तथा प्रशिक्षक प्रशिक्षक शंकर कार्की ।
