एजेन्सी । स्पेन युईएफए वुमेन्स युरोकपको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा १-० गोलले हराउँदै फाइनलमा इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो ।
स्टाडियोन लेट्जिग्रुन्डमा भएको खेलमा स्पेनलिई जित दिलाउन अटाना बोन्माटीले निर्णायक गोल गरिन् । निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको १ सय १३ औँ मिनेटमा एथेने डेल कालिस्टोको पासमा बोन्माटीले गोल गर्दै स्पेनलाई १-० गोलको जित दिलाएकी हुन् ।
जितसँगै स्पेन फाइनलमा पुग्दा जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ । अब स्पेनले २७ जुलाईमा उपाधिको लागि इंग्ल्याण्डको सामना गर्नेछ । इंग्ल्याण्डले पहिलो सेमीफाइनल खेलमा इटालीलाई २-१ गोलले पाखा लगाएको थियो ।
