काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली राजनीतिमा कुनै नयाँ ट्वीस्ट आएमा आश्चर्य नमान्न आग्रह गरेका छन् ।
शनिबार साँझ सामाजिक संजालमार्फत बास्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवा र रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेबीचको भेटवार्तातर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘भिजिट भिसामा संसदमा पलेंटी कसेर दिन दिनै तमासा देखाउनेहरु रातभरी कांग्रेस नेताका पिँढीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउदै किन धाएका होलान । यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौं है ।’
केही दिनअघि देउवा र वाग्लेबीच भेटवार्ता भएको थियो । उनीहरुको भेटलाई नयाँ राजनीतिक समीकरणकारुपमा समेत अथ्र्याउन थालिएको छ ।