नेपालविरुद्ध स्कटल्याण्ड टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको चौथो खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेको छ ।डुन्डेस्थित फर्टहिलमा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

खेलका लागि नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन। नेदरल्यान्ड्सविरूद्ध खेलको टोलीलाई नै स्थान दिइएको छ।

नेपाली टोली :- कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *