जम्मू र पठानकोट क्षेत्रमा पाकिस्तानद्वारा ड्रोन आक्रमण(भिडियो)

एएनआई । भारत र पएएनआईकाकिस्तानबीचको तनावका बीच जम्मू कश्मीरबाट फेरि गोलाबारी सुरु भएको छ । कुपवाडा, उरी र पुंछको कर्नाह र तंगधारमा शुक्रार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार उरी सेक्टरमा गोलीबारी र विस्फोटको आवाज सुनिएको थियो। यसबाहेक, पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको छ । यसअघि शुक्रबार भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिएकी थिइन् ।

सोफिया कुरेशीले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो।’ उनकाअनुसार पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोनहरू छोडिएको थियो । यद्यपि, पाकिस्तानका रक्षामन्त्रीले आक्रमणको अस्वीकार गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *