बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

बेलायत। बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ । जसमा कम्तिमा एक लाख २० हजार ड्रोन सहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

घोषणा बेलायतका रक्षा सचिव जोन हेलीको युक्रेन रक्षा सम्पर्क समूहको ३४ औँ बैठकको लागि बर्लिन गएको अवसरमा भएको जनाइएको छ । जसमा जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियस, युक्रेनी रक्षा मन्त्री मिखाइलो फेडोरोभ र नेटो महासचिव मार्क रुटसँगै ५० वटा देशहरू समावेश छन् ।

प्याकेजमा लामो दूरीको ड्रोन, टोही र खुफिया ड्रोन, र रसद समर्थन ड्रोनहरू समावेश रहेको जनाइएको छ भने ड्रोन पठाउने अभियान सुरु भइसकेको जनाइएको छ ।

ड्रोनहरूले युक्रेनको प्रतिआक्रमण अपरेशनहरूमा साथै चलिरहेको रूसी आक्रमणहरू विरुद्ध रक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

बेलायती कम्पनीहरूको समर्थनमा गरिएको यो सहयोगमा लगानीको अधिकांश भाग बेलायतमा आधारित फर्महरूद्वारा निर्देशित हुने र युक्रेनको सुरक्षा र सार्वभौमिकतालाई सुदृढ पार्दै रोजगारी सिर्जनामा योगदान पुग्ने आशा गरिएको छ ।

यो सहयोगमा बेलायतले युक्रेनलाई प्रदान गरेको सबै भन्दा ठुलो सहयोग भएको उल्लेख गदै रक्षा सचिवले सयौँ हजार तोप र हजारौँ हवाई रक्षा मिसाइलको प्रावधानको पुष्टि गरेका छन् ।

सहयोग बेलायत र युक्रेनबीच गत महिना भएको नयाँ रक्षा साझेदारी सम्झौता पछि आएको हो, जसको उद्देश्य ड्रोन जस्ता कम लागत, उच्च दक्षता सैन्य प्रविधिहरूको प्रसारको प्रतिक्रियामा विश्वव्यापी रक्षा क्षमताहरू सुदृढ पार्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *