रास्वपाका प्रमुख सचेतकको गाडी जलाएको आरोपमा एकजना पक्राउ

काठमाडौँ । काठमाडौंको तीनकुनेमा चैत्र १५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर मनमैजु बस्ने मनबहादुर कालामगर छन् । उनी सेनाका पूर्व हवल्दार रहेका प्रहरीले जनाएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाएका थिए ।

गाडीमा आगजनी गर्नुअघि उनले तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथी आक्रमण र दुव्र्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *