रास्वपाले टुंग्यायो संसदीय समितिका सभापतिका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिका सभापति उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापतिको उम्मेदवार टुंगो लगाएको हो ।

रास्वपाले कानुन न्याय तथा मानवअधिकारको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थीको नाम टुंग्याएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइको सभापतिमा वोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकनमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहवर अन्सारीको नाम सभापतिका लागि टुंगो लगाएको हो ।

संसदीय समितिका सभापतिका लागि आज मनोनयन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *